‘बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन सकिन्छ’

लाेकपाटी न्यूज

नेपालगञ्ज, २७ पुस । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन सकिने बताएका छन् । मूख्यमन्त्री शाहीले उद्योग वाणिज्य सङ्घको निर्वाचनमा सहभागी समावेशी र लोकतान्त्रिक दुबै समूहका व्यापारीसँगको छुट्टाछुट्टै भेटमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने बताए ।

मुख्यमन्त्री शाहीले बाँके र बर्दिया कर्णालीमै रहनुपर्नेमा कर्णाली प्रदेशका सबै राजनीतिक शक्ति एकजुट रहेको उल्लेख गरे। उनले भने, ‘अझै पनि हामी त्यहाँ बृहत् छलफल गरेर यो मुद्दालाई सबैको साझा र व्यापक बनाउन चाहन्छौँ।’रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्