मनसुन : आजदेखि कहाँ कहाँ पर्छ हिउँदे झरी ?

Rain-8
लाेकपाटी न्यूज

पुस २८, काठमाडौं। पुसको अन्त्यतिर भएपनि हिउँदै झरी सुरु हुने भएको छ। आजबाट हिउँदै झरी सुरु हुने भएकोले जुनसुकै बेला पानी पर्न सक्ने मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।

भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी सुरु हुने भएको हो। गत शुक्रबारबाट रोकिएको झरी फेरि सुरु हुने भएको हो। पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको छ।

यो चौँथो चरणको झरी गराउने वायु हो। सोमबार भने दिनभर पहाडी भू–भाग सामान्यतया सफा नै रहने र तराईका भूभागहरुमा भने हुस्सु लाग्ने सम्भावना रहेको छ। रातिबाट देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ।

पश्चिमी पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ। सोमबार रातिबाट सुरु हुने उक्त वायुको प्रभाव बिहीबार र शुक्रबार फैलने पूर्वानुमान महाशाखाले जनाएको छ       ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्