मृतक दिलीपको परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको निर्णय

dilip kumar
लाेकपाटी न्यूज

धनुषा, २८ पुस। मृतक दिलीपकुमार महतोको परिवारलाई प्रदेश नम्बर २ सरकारले राहत दिने निर्णय गरेको छ। अवैध उत्खनन् रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको परिवारलाई प्रदेश नम्बर २ सरकारले राहत दिने निर्णय गरेको हो।

शुक्रबार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको हत्या गरिएको थियो। प्रदेश २ को सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरिएको प्रदेशका मुख्यन्यायाधीवक्ता दिपेन्द्र झाले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्