काभ्रे, २८ पुस। इलाका प्रहरी कार्यालय बनेपाले दुई हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय बनेपा र स्थानीय जनप्रतिनिधिको रहोबरमा संकलित मदिरा आइतबार पुन्यमाता खोलामा बगाएर नष्ट गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमूख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीको सक्रियतामा बनेपाको विभिन्न ठाउँबाट घरेलु मदिरा बरामद गरी नष्ट गरेको तिमल्सिनाको भनाइ छ। मदिराको कारण हुनसक्ने हिंसात्मक घटना न्युनीकरण गर्न नष्ट गरिएको उनले बताए।