राजेन्द्र बिक/ बाजुरा, २८ पुस। सुदूरपश्चिममा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरिएको छ। सुदूरपश्चिम सरकारले माघे संक्रान्ति र थारु समुदायले मनाउँने नयाँ वर्षको अवसरका एक दिन सार्वजनिक विदा दिने निर्णय गरेकोहो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा बिदा दिइएको जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारको गत साउन ८ गतेको बैठकले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो।