झापा, २८ पुस । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताएका छन्। आगामी १४ औं महाअधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताएका हुन्।
झापाको बिर्तामोडमा आज प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा कोइरालाले महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्न रामचन्द्र पौडेल र सिटौला समूहबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
महामन्त्री कोइरालाले आफू पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको भन्दै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत पनि सभापतिका आकांक्षी रहेको बताए।