काठमाडौं, २८ पुस। उपसभामूख शिवमाया तुम्बाहाम्फेले राजनीतिक दलहरुले सभामूखको उम्मेद्वार तय गरेर घोषणा नगरेसम्म राजीनामा नदिने अडान लिएकी छिन्। तुम्बाहाम्फेले आज आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले राजीनामा दिनु संविधानको व्यवस्था अनुसार गलत हुने बताइन्।
संविधानले संघीय संसदको प्रतिनिधि सभा नेतृत्व बिहीन हुने कल्पना नगरेकोले पनि आफूले राजीनामा दिन नहुने बताइन्। राजनीतिक दलहरुले जति छिटो सभामूख पदका लागि उम्मेदवार तयार गर्छन त्यति नै बेला आफूले राजिनामा दिएर मार्ग प्रसस्त गर्ने उनले बताइन्।
अहिले आफू कुनै राजनीतिक दलको सदस्य नभएकाले कुनै पनि दलको निर्देशन आफूमाथि लागू नहुने उनले बताइन्।