काश्मीरमा १६ को मृत्यु

Jammu kasmir pic
लाेकपाटी न्यूज

एजेन्सी। पाकिस्तान नियन्त्रित काश्मीरमा  १६ जनाको मृत्यु भएको छ। अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपात सम्बन्धी विभिन्न घटनामा परी अरु कैयौँ बेपत्ता पनि भएका छन्।अहिलेसम्म कम्तीमा दश जना बेपत्ता भएका भएका छन्।

घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले बताएका छन्। मृत्यु भएका मध्ये अधिकांशको पाकिस्तान नियन्त्रित काश्मीरमा पर्ने निलम उपत्यकामा रहेका जनाइएको छ। दर्जनौ घर, सवारी साधन र पसल पनि क्षतिग्रस्त भएको आयुक्त अहमदले जानकारी दिएका छन्। त्यस क्षेत्रमा पछिल्लो समय हिमपात, हिमपहिरोलगायत वर्षासम्वन्धी विभिन्न घटना भएका छन्।

लावत गाउँमा रहेको एक विद्यालयतर्फ गइरहेका १० जना विद्यार्थीहरु पनि हिउँ पहिरोमा परेको सरकारी अधिकारीहरुले जनाएका छन्। उनीहरु मध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अरु घाइते भएका थिए।
त्यस्तै घटना अन्य ठाउँहरुमा पनि भएका छन्। डाक्कि चाक्नार क्षेत्रमा भएको अर्को घटनामा परी अरु ६ जनाको मृत्यु भएको छ। त्यहाँ घरमै हिमपहिरो खसेको थियो। पहिरोले च्यापिएका अन्य स्थानीयको उद्धार कार्य भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्