किताबको प्रचलन कहाँबाट सुरु भयो ?

लाेकपाटी न्यूज

काठमाडौं। धेरै वर्षअघि मानिससँग लेख्ने साधनहरु केही थिएनन्। त्यही कारण उनीहरु ढुंगा र काठहरुमा लेख्ने गर्थे। करिब चार हजार वर्ष पहिले प्राचीन इजिप्टका मानिसहरुले लेख्न सकिने साधानको आविष्कार गरे। उनीहरुले प्यापिरस (Papyrus) नामक विरुवाको काठलाई काटेर समथर बनाउथे।

अनि त्यसलाई सुकाएर त्यसमा लेख्ने काम गर्थे। कागजको आविष्कार भने सन् १०५ मा चीनका साई लुन नाम गरेका व्यक्तिले गरेका थिए। मसीको आविष्कार पनि चीनमा नै भएको विश्वास गरिन्छ। कागजको आविष्कार त्यति अगाडि भएपनि किताब भने आठौं शताब्दीतिर मात्र छापियो। चीन र कोरियामा आठौं शताब्दीतिर पहिलो पटक किताब छापिएको थियो।

त्यति बेला किताब बताउन कागजमा नभएर भेडा र बाख्राको छाला प्रयोग गरिन्थ्यो। ती जनावरका छालालाई सुकाएर काठको मद्दतले लेख्ने गरिन्थ्यो। त्यसरी लेखिएको छालालाई एकै आकारमा काटी किताब बनाइन्थ्यो। कागज र मसीको आविष्कार भएको चीनमा नै पहिलो पटक सन् १०५० मा काठको छापाखाना बनेको थियो। फलामको छापाखाना को आविष्कार चाहिँ कोरियामा भएको थियो। किताबको प्रचलन युरोपसम्म आउन निक्कै समय लागेको थियो। करीब सन् १४५० को दशकमा मात्र प्रथम पटक जर्मनीमा किताब छापिएको थियो।

आजभोलि प्रचार प्रसारले गर्दा मानिसहरु यूरोपमा पहिलो पटक किताब छापिएको, छापाखाना यूरोपमा नै बनेको कुरा गर्ने गर्छन्। तर इतिहास पल्टाउने हो भने, त्यो गलत हो । छापाखानाको आविष्कार र किताबको छपाइको शुरुवात चीनमा भएको थियो। एजेन्सी