काठमाडौं। बेल्जियमकी राजकुमारी एस्ट्रिड अनौपचारिक नेपाल भ्रमणमा आउने भएकी छन्। परराष्ट्रमन्त्रालयका अनुसार उनी बेल्जियमको सहयोगमा सञ्चालित दामियन फाउन्डेसनको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी हुन्।
नेपाल भ्रमण वर्ष १९९८ पछिको बेल्जियमका राजपरिवारको यो पहिलो भ्रमण हो। यसअघि सन् ८०को दशकमा उनको पिता अल्वर्ट द्वितिय र दाजु वर्तमान राजा फिलिपले सन् १९९८ मा नेपालको अनौपचारिक भ्रमण गरेका थिए।
नेपाल भ्रमण वर्ष २०२० को सुरुवात मै हुन लागेको उनको भ्रमणले पर्यटन प्रवर्दनमा सहयोग गर्ने अपेक्षा गरिएको छ। परराष्ट्र सचिव शंकरदास बैरागीले नेपाल भ्रमण वर्ष मनाई रहँदा बेल्जियमकी राजकुमारीको नेपाल भ्रमणले अन्तराष्ट्रियस्तर विशेषतः यूरोपमा पर्यटन प्रवर्दनमा सहयोग पुग्ने अपेक्षा रहेको बताए।
नेपाल रहँदा उनले चितवन र धनगढीमा रहेको दामियन फाउन्डेसनद्वारा सञ्चालित स्वास्थ्य संस्थाको अवलोकन गर्नेछिन्। भ्रमणका क्रममा एस्ट्रिडले राष्ट्रपति विद्या भण्डारी तथा उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम पनि रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ।
उनका साथमा पति लरेन्ज र सरकारी अधिकारी समेत नेपाल भ्रमणमा आउने कार्यक्रम रहेको जनाइएको छ। नेपाल र बेल्जियमबीच दैत्य सम्बन्ध १९ अगष्ट १९६३ मा भएको हो।