लामो समयदेखि आगलागी भएको अष्ट्रेलियाको क्षेत्रमा वर्षा

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

काठमाडौं, २ माघ। अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा पानी परेको छ। देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महशुस गरिएको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परेर कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जनावर पनि जलेर मरेका छन्। न्यु साउथवेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीहरुले जनाएका छन्।

‘आगलागी भएको क्षेत्रमा अहिले वर्षा भएपछि केही राहत महशुस त भएको छ तर आगलागी नियन्त्रण नै हुने भने देखिएको छैन,’ ग्रामीण अग्नि नियन्त्रण सेवाका अधिकारीहरुले सामाजिक सञ्जालमा लेखेका छन्। वर्षा कति धेरै समय पर्छ र कति ठूलो हुन्छ भन्ने कुराले आगलागी नियन्त्रण हुन्छ कि हुँदैन भन्ने निर्धारण हुने उनीहरुले बताएका छन्।

आगलागी हुनुभन्दा अगाडिसम्म दर्जनौँ ठाँउमा आगलागी भइरहेको विवरण अग्नि नियन्त्रण सेवाका अधिकारीहरुले दिएका थिए। स्थानीय सञ्चार माध्यमहरुले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटोहरु प्रकाशन तथा प्रसारण गरेका छन्। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्