प्रहरी निरीक्षक पन्थी जनसेवामा सक्रिय

pic
लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ। माघ २ गते बिहान करिव ९ बजे ललितपुर टिकाथली बस्ने खेम थपलिया श्रीमतीसहित सालिनदीमा दर्शन गर्न आएका थिए। उनले आफ्नो आइफोन एट पलस फोन भुइँमा राखेर दर्शन गरेर फर्केर अर्को ठाँउमा गइ फोटो लिन खोज्दा जब फोन हुदैँन उनी असिना पसिना हुन्छ्न। कारण फोन हराएको थियो।

आफ्नी छोरीलाई १२ कक्षा पास गरेपछि दिने बाचा गरेको उक्त फोन करिव एक लाख जतिको हो। उनले नजिकै साखु प्रभागका निरीक्षक गोविन्द पन्थीलाई भेट्छ्न र सब कहानी सुनाउदै सहयोग माग्छन्। अनुसन्धानमा खप्पिस र जनताको सधै सहयोगी रहँदै आएका पन्थीले तत्काल उनलाई सीसीटीभी कन्ट्रोल रुममा लैजान्छन् र सीसीटीभी फुटेज हेर्छन् र फोन लग्ने व्यक्ति एक त्यही घुमिरहने भएको आंशका हुँदा साथ तुरुन्त निजलाई खोज्न सालिनदीमा खटिएका साधा पोसाकका प्रहरीलाई निर्देशन दिन्छन्। प्रहरीलाई निर्देशन दिएको १० मिनेट मै मोबाइल लैजाने व्यक्ति साखु घर भएका टिकालाल श्रेष्ठ निरीक्षक सामु पेश हुन्छन्।

उनले अनुसन्धानात्मक तरिकाले फोन ल्याउनु नभए कारवाही गरिने कडाभाषा के प्रयोग गरेका थिए उनले करिव आधा किलोमीटर पर खेतमा लगेर राखेको भन्दै देखाउन बाध्य भए। यसरी हराएको आधा घण्टा मै आफ्नो महङ्गो मोबाइल सेट त्यो पनि छोरीलाई दिने गरी ल्याएको पाउँदा उनी हर्ष को त सिमा रहेन नै साँखु प्रहरीको सेवा दिने तरिकाको चुस्त दुरुस्तता देख्दा वाह प्रहरी सेवा१ धन्यवाद प्रहरी निरीक्षक गोविन्द पन्थी र सम्पूर्ण प्रहरी टिमलाई भन्दै निरीक्षक पन्थीबाट स्पोर्ट मै कुनै ढिला सुस्ती र झण्झट बेगर नै फोन प्रदान गरेकोमा आभारसमेत प्रकट गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्