बुद्ध एयरले भाडा घटायाे

Buddha Air
फाइल तस्बिर
लाेकपाटी न्यूज

जनकपुर। पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले जनकपुर-काठमाडौं उडानको भाडा घटाएको छ। बुद्धले जनकपुरबाट काठमाडौंका लागि नयाँ भाडा दर १ हजार ८ सय रुपैयाँ निर्धारण गरेको बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले जानकारी दिए। यसअघि सस्तोमा २ हजार रुपैयाँदेखि महंगोमा ४ हजार ७ सय रुपैयाँसम्म थियो।

बुद्धले शुक्रबारदेखि भाडा घटाएको हो। बुद्ध एयरले भाडा घटाएपछि ग्राहकहरु समेत खुसी भएका छन्। जनकपुरधाम विमानस्थलबाट माघ ६ गतेदेखि रात्रिकालीन विमान चलाइने तयारीसमेत भइरहेको छ। आवश्यक सम्पूर्ण तयारी पुराभएपछि पहिलो र दोस्रो चरणको टेस्ट सम्पन्न भएकाले माघ ६ गतेदेखि प्रत्येक राति बुद्ध एयर जनकपुरधाम आउने सिंहले जानकारी दिए।

सिंहका अनुसार रात्रिकालीन उडानका लागि विभिन्न चरणमा टेस्ट हुने गर्छ र त्यो प्रक्रिया सम्पन्न भइसकेको छ। यसअघि नै रात्रिकालीन सेवा सुरु गर्न आवश्यक रहेको ‘रनवे लाइट’ र ‘आइएफआर’ जडान भएर जाँचसमेत भइसेको छ। रात्रिकालीन सेवाका लागि अन्य प्राविधिक कार्यहरु यसअघि नै पूरा भइसके छ।

वरिपरी रहेका रुखहरु समस्याको रुपमा देखिएका कारण काटिएको छ। विमानस्थल वरिपरीका झण्डै चार सय रुख कटान गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्