तयार भयो गोलो आकारको स्मार्टफोन, यस्ता छन् सुविधा

circel-smart-phone
लाेकपाटी न्यूज

एजेन्सी। सिइएस २०२० मा राखिएको गोलो आकारको (सारकल फोन) स्मार्टफोनले धेरैको ध्यान तानेको छ। अमेरिकाको स्टार्टअपले यस हप्ता सिइएसमा यो स्मार्टफोन प्रदर्शनीमा राखेको हो।

लस भेगसमा आयोजित प्रदर्शनीमा अन्य उत्पादन मध्य सारकल निकै विचित्र किसिमको उत्पादन रहेको छ। यसको मूल्य ७ सय अमेरिकी डलर रहेको छ। यस किसिमको डिजाइनको टु जी मोबाइलको फोन यस अघि २०१६ मा आएको थियो।

३.५ इन्चको गोलो आकारको मोबाइलमा टच स्क्रिनसहित नाइन अपरेटिङ सिस्टमको व्यवस्था गरिएको छ। मोबाइलमा अगाडि र पछाडि १३ मेगा पिक्सेलको क्यामरा छ। विशेष गरी यो मोबाइल सानो हात भएको व्यक्तिहरूको लागि बनाइएको हो।

दुईवटा सिमको प्रयोग गर्न सकिने यो मोबाइलमा २ वटा हेडफोन ज्याकको सुविधा छ। यसमा २ जी बि र्‍याम, १६ जी बि को स्टोरेज र दुई हजार एमएचको ब्याट्री प्रयोग गरिएको छ।

सार्कल कम्पनीका सिइओ क्रिस्टिना सायरका अनुसार, अन्य विभिन्न गेमिङ एपलाई यो गोलाकारमा फिट गर्न केही काम भने भइरहेका छन्। सार्कल फोनमा एप्पल आइफोन तथा स्यामसुङ ब्रान्डमाभन्दा फरक किसिमको सिस्टम राखिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्