महेश सिंह/ सिरहा, ४ माघ । सिरहाको लहान नगरपालिका १ कृष्णटोलमा रहेको सामुदायिक रेडियो समाद १३ औं वर्षमा प्रवेश गरेको छ। शनिबार १२ औं वर्ष पूरा गरी १३ औं वर्षमा सफलता पूर्वक प्रवेश गरेको उपलक्ष्यमा रेडियोले केक काटेर शनिबार वार्षिक उत्सव मनाएको छ।
प्रकृतिका साथीहरूद्वारा सञ्चालित वि.सं २०६३ सालमा दर्ता भई २०६४ सालमा रेडियो समादले आफ्नो प्रसारण यात्रा सुरु गरेको थियो। रेडियोले समाचार, सूचना, गीत संगीत कोभरेज एरियामा स्रोता वर्गमा आफ्नो छुट्टै विशेषता बोकी पाँच भाषा मध्य नेपाली, मैथली, थारु, हिन्दी ,भोजपुरीलगायतका भाषाको गीत संगीतको माध्यबाट मनोरञ्जन प्रदान गर्ने गरेको प्रकृतिका साथीहरुका कोषाध्यक्ष तारिणी चौधरीले बताए।
प्रकृतिका साथीहरूका अध्यक्ष शियाराम चौधरीले केक काटेर उत्सब मनाएका थिए। समाद एफ. एमको स्टेशन म्यानेजर रामान्द चौधरीले कार्यक्रममा रेडियोको प्रगति र प्रसारण क्षमता विस्तारबारे प्रकाश पारेका थिए। समाद सिरहा र सप्तरी जिल्लाको पहिलो रेडियोको रूपमा स्थापना भएकोे हो।
उक्त रेडियोले सिरहा, सप्तरी, उदयपुर, सिन्दुली धनुषा, छिमेकी मुलुक भारतका बिहार राज्य लगायतका जिल्लाहरुमा चर्चित रहेको छ। यो रेडियो अनलाईनमार्फत् देश विदेशमा सुन्न पनि सकिन्छ। कार्यक्रममा रेडियाका कर्मचारी महेश सिंह, शम्भु चौधरी, अनुभक्त चौधरी ,अनिल चौधरी कार्यक्रमतर्फ संचिता सिंह थारु, गिता खडका, बिजय महतो, प्राविधिकतर्फ प्रदीप चौधरी, रितिक चौधरी लगायतको सहभागीता रहेको थियो।