प्रदेश २ मा सार्वजनिक विदा

bida
लाेकपाटी न्यूज

काठमाडौं। प्रदेश २ सरकारले आज (आइतबार) प्रदेश २ मा सार्वजनिक विदा दिएको छ। मधेश आन्दोलनका सहिदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको हो।

प्रदेश सरकारले यसपटक वीरगञ्जमा बलिदानी दिवस मनाउने निर्णय गरेको छ। आइतबार वीरगञ्जमा मनाइने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मुख्यमन्त्री, मन्त्री, मधेशवादी दलका नेताहरु, सहिद परिवार, मधेश आन्दोलनका घाइते, नागरिक समाज लगायतको उपस्थिति रहने छ।

मधेशवादी दलले प्रत्येक वर्ष माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाउँदै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्