काठमाडौं। पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ एउटै मञ्चमा उभिएका छन्।
गोरखाको पालुंगटारमा मर्स्यांदी करिडोरको २२० केभी प्रसारण लाइनबारे विवाद समाधान गर्न आयोजित जनसम्वाद कार्यक्रममा उनीहरू उपस्थित भएका हुन्। वृहत जनसम्बाद कार्यक्रममा डा. भट्टराई, घिसिङ, विभिन्न मन्त्रालयका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको उपस्थिती रहेको छ।
जनसम्वाद कार्यक्रमका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गर्दै डा. बाबुराम भट्टराइले लेखेका छन्, ‘मर्स्यांदी करिडोरको २२० के भी प्रसारण लाइनवारे विवाद हल गर्न विद्युत प्राधिकरणका प्रमूख कुलमान घिसिङसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरू र जनप्रतिनिधिहरूको उपस्थितिमा गोरखा पालुंगटारमा वृहद जनसम्वाद।’