काठमाडौं, ५ माघ। संरक्षित वन्यजन्तु हरिणको सिङसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको खाडादेवी गाउँपालिका ३ घर भइ कठामाडौं जडिबुटी बस्ने २१ वर्षीय आयुष रानामगर छन् ।
शंकाको आधारमा चेकजाँच गर्दा प्रहरीले उनको साथबाट २ वटा हरिणको सिङ बरामद गरेको हो। पक्राउ परेका रानामगरविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।