नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

Nekapa_sachibalaya
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं। सभामूख उम्मेदवारको टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपरान्ह बैठक सुरू भएको हो।

आइतबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवारी बनाउने विषयमा सहमति जुटेको थियो।

बैठकले उम्मेदवारको नाम अनुमोदन गर्ने एक सचिवालय सदस्यले जानकारी दिए। नेकपामा सभामूखमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभाकाे बैठक पटक–पटक स्थगित हुँदै आएको छ।

गत ४ पुसबाट सुरू भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पुस ११, १६ र २७ मा सूचना टाँस गरेर स्थगित भएको थियो। प्रतिनिधिसभाको बैठक गत पुस ६ का लागि बोलाइए छ। त्यसअघि सभामूखको टुङ्गो लगाउन सचिवालय बैठक बसेको नेकपा स्रोतले जनाएको छ।