माझी किङको रुपमा परिचित यमन सम्मानित

yaman majhi
लाेकपाटी न्यूज

काठमाडौं, ५ माघ। ‘माझी किङ’ को रुपमा परिचित यमन माझिलाई सम्मान गरिएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरी उनलाई सम्मान गरिएको हो।

माझी समुदायको भाषा, धर्म, संस्कार र पहिचान संरक्षण तथा उत्थान गर्नतर्फ ठूलो योगदान गरेको हुनाले माझी युवा क्लबका अध्यक्ष पुरुषोतम माझि र कोशीपारी खेलकुद क्लबका अध्यक्ष राम बहादुर माझीले संयुक्त रुपमा उनलाई सम्मान पत्र र खादा लगाइ सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै यमन माझिले भने ‘मलाई थप हौसला मिलेको छ, समुदायमा अझ धेरै कामहरु गर्न बाँकी छ। अब चाडै भाषा,संस्कार र समुदायको उत्थान र संरक्षण सम्बन्धी काम गर्ने योजनामा छु। ’उनले माझी भाषाको संरक्षणको निम्ती विभिन्न भाषागत कक्षा सञ्चालन गर्दै आएका छन भने साङ्गितिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याएका छन्।

माझी समुदायबाट नेपाली चलचित्रको पर्दामा नायकको रुपमा पहिलोपटक देखा परेका उनी माझी समुदायबाट नेपाली चलचित्रको पर्दामा देखिएका पहिलो नायक समेत हुन्। यमन नेपाली चलचित्र ‘एक्स्ट्रा माया’ बाट चलचित्र क्षेत्रमा समेत् हात हालेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्