जबरजस्ती करणीको आरोपमा यादव पक्राउ

nepal-police
लाेकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, ५ माघ। जबरजस्ती करणी गर्ने पश्चिम नवलपरासीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। सुनवल २ का रोहित यादवलाई सोही स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

आफ्नो ठूलीआमाको घरमा बस्दै आएकी १४ वर्षकी किशोरीलाई बाटोमा हिड्दै गर्दा जबरजस्ती समाती नजिकैको खेतमा लगी करणी गरको आरोपमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

पक्राउ परेका यादवलाई जबरजस्ती करणी मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्