काठमाडौं। सभामूखको निर्वाचनबारे छलफल गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।
आइतबार बिहान पार्टी अध्यक्षद्वय ओली र ‘प्रचण्ड’बीच अग्नि सापकोटालाई सभामूखको उम्मेदवार बनाउने विषयमा सहमति भएको थियो। दुई अध्यक्षबीच भएको सहमतिलाई नै सचिवालय बैठकले अनुमोदन गरेको थियो।
सोही निर्णय पश्चात उसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराएर सभामूखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको हो। यस विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बिहानै पुगेको नेकपा स्रोतले जनाएको छ।