काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको रिक्त रहेको सभामूख पदका लागि पुष्पा भुषाललाई उम्मेदवार बनाउने तयारी गरेको छ।
कांग्रेस स्रोतका अनुसार भुसालको नाम उम्मेदवारीका लागि सोमबार बेलुकासम्म निर्णय हुनेछ। यसअघि कांग्रेसले भुषाललाई उपसभामुखको पनि उम्मेदवार बनाएको थियो ।
प्रतिनिसभामा कांग्रेस संसदीय दलको सचेतक तथा कांग्रेस केन्द्रीय सदस्य भुसालसँगै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले केहीबेरअघि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई भेटेका थिए।