सभामूखको निर्वाचन आज नहुने

sansad-parliyament
लाेकपाटी न्यूज

काठमाडौं। सभामूखको निर्वाचन माघ १२ गते हुने भएको छ। आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामूखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

आजै ४ बजे प्रतिनिधिसभाको दोस्रो बैठक बस्दैछ। सो बैठकले औपचारिक रुपमा सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने तयारी छ। ज्येष्ठ सदस्यका रुवमा महन्थ ठाकुरले अहिले ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिँदैछन्।

ठाकुरकै अध्यक्षतामा सभामूख चयन प्रक्रिया अघि बढ्ने छ। गत असोज १४ गते तत्कालीन सभामूख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामूख विहीन छ।

नेकपाले सभामूखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ। अरु दलले भने सभामूखमा उमेदवारीबारे निर्णय गरिसकेका छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्