अनेरास्ववियू जुम्लाको संयोजकमा मीनराज आचार्य

minraj acharya pic
लाेकपाटी न्यूज

उपेन्द्र न्यौपाने/ जुम्ला, ६ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला कमिटी जुम्लाको संयोजकमा मीनराज आचार्य (कालमाक्स) चयन भएका छन्। काठमाडौंमा गत पुस २७ र २८ मा बसेको एकता पछिको पहिलो बैठकले सर्वसम्मत निर्णयबाट अनेरास्ववियू जुम्लाको संयोजकमा आचार्य र सहसंयोजकमा भरत नेपालीलार्ई चयन गरेको हो।

मीनराज आचार्य तत्कालीन नेकपा माओवादी केन्द्र जुम्ला काठमाडौं सम्पर्क समितीका अध्यक्ष, कर्णाली प्रदेश कानूनी समाजका अध्यक्ष, अन्तर्रा्ष्ट्रिय कानूनको पाँचौं वर्ष सकेर बसेका हुन्। जुम्ला सिञ्जा गाउँपालिका वडा नम्बर १ निवासी मिनराज हुन्।

वसन्त तत्कालिकान माओवादीको अनेरास्ववियु (क्रान्तिकारीका) का जिल्ला अध्यक्ष हुन्। सहसंयोजक भरत नेपाली तत्कालीन एमाले निकट अनेरास्ववियू जुम्ला जिल्ला कमिटी सचिव हुन्।