काठमाडौं। नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्ट्रिडले ऐतिहासिक सहर भक्तपुरको अवलोकन गरेकी छन्। भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्दा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साथ दिएका थिए।
‘बेल्जियमकी राजकुमारी अष्ट्रिड र उहाँको भ्रमणदलले भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्नुभएको छ। उहाँ ऐतिहासिक स्मारक र जीवन्त संस्कृतिबाट प्रभावित हुनुभएको थियो। राम्रो व्यवस्थापनको लागि मेयर सुनिल प्रजापतिजीलाई धन्यावाद,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ट्वीटरमार्फत् भनेका छन्।
बेल्जियमकी राजकुमारीले सोमबार कैलाली गोदावरी नगरपालिका-६ श्रीपुरमा क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको उद्घाटन गरेकी थिइन्। राजकुमारी अस्ट्रिड नेपालको भ्रमणको सिलसिलामा माघ ५ गते नेपाल आएकी हुन्। उनी माघ ११ गतेसम्म नेपालमा रहनेछिन्।
Princess Astrid of Belgium and Members of her delegation visited Bhaktapur Durbar Square. She was impressed with historical monuments and vibrant culture of Bhaktapur. Thanks to Mayor Sunil Prajapati for making excellent arrangements. pic.twitter.com/RR7UAE8i6A
— Yogesh Bhattarai (@yogesbhattarai) January 21, 2020