काठमाडौं। प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेस सभामूखमा पार्टीको उम्मेदवारबारे धारणा तय गर्न आन्तरिक छलफलमा जुटेको छ।
सभामूखको उम्मेदवार तय गर्न कांग्रेस संसदीय दल कार्यसमिति बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले उपसभामूख आफ्नो पार्टीलाई दिएमा सभामूखमा उम्मेदवारी नदिने जनाएको छ।
कांग्रेसले सरकार सत्तारुढको र संसद् विपक्षीको भएकाले सभामूख र उपसभामुखमध्ये एउटा आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ। संविधानमा फरक पार्टी र फरक लिङ्गको व्यक्ति सभामूख र उपसभामूख हुनुपर्ने प्रावधान छ।