बेहोस भएका आठ पर्यटकको मृत्यु (मृतकको नामावलीसहित)

Everest_Panorama_resort
लाेकपाटी न्यूज

मकवानपुर, ७ माघ। आठ भारतीय पर्यटकको काठमाडौंमा मृत्यु भएको छ। मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका आठ जना भारतीयको मृत्यु भएको हो।

प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका आठ जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सोमबार थाहा नगरपालिका ४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।

उपचारमा ल्याइएकामध्ये पाँच जनाको मृत्यु भइसकेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।अन्य तीन जनालाई लिन पुनः हेलिकप्टर गएको थियो। उनीहरूलाई अस्पताल ल्याउनसाथ मृत घोषणा गरिएको थियो।

मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेका छन्। उनीहरू झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका थिए। उनीहरू निसास्सिएर बेहोस भएको प्रहरीले अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर ललन कुर्मीका अनुसार मृत्यु हुनेमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् । मृत्यु हुने भारतीय पर्यटकमा वर्ष ३८ रञ्जित कप, वर्ष ३४ इन्द्र, वर्ष ३७ प्रविन,  वर्ष ३२ सरिया, वर्ष ५ अभी, वर्ष ७ अर्चना,  वर्ष ५ वैष्णव,  वर्ष ९ बन्द्रा रहेका  छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्