अस्ट्रेलियामा भीषण आँधीबेहरी

Aadhi
लाेकपाटी न्यूज

सिड्नी, ७ माघ। मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरी आएको छ। आँधीबेहरीका कारण करिव ३० हजार घरमा विद्युत सेवा अवरुद्ध भएको छ।

मंगलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्व्तिर अघि बढ्दै बेलुका साउथ न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो। राज्य आपतकालीन सेवा (एसईएस) का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए।

रुखले सडकमा गुडिरहेका कैयौं मानिसका कारलाई थिचेको थियो। केही भागहरूमा प्रति घण्टा १०० किलोमिटरको रफ्तारमा आँधीबेहरी आएको बताइएको छ। सिडनीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ्ग सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्