काठमाडौं, ७ माघ। एनआईसी एशिया बैंक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी लिमिटेड भारत, एम्नील टेक्नोलोजी प्रा. लि. नेपालबीच त्रिपक्षीय सम्झौता भएकोे छ। End to End AML (Anti Money Laundering) / CFT (Combating Terrorist Financing) Solution खरिद गर्ने त्रिपक्षीय सम्झौता भएकोे हो।
उक्त सम्झौता पत्रमा बैंकका प्रमूख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजी लि. का तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा, एम्नील टेक्नोलोजि प्रा. लि. का तर्फबाट कम्पनीका प्रमूख कार्यकारी अधिकृत अमित जोशीबीच हस्ताक्षर भयो।
सो सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी लि. र एम्नील टेक्नोलोजी प्रा. लि. ले बैंकलाई अन्तर्राष्ट्रियस्तरको End to End AML Solution उपलब्ध गराउने र End to End AML Solution कार्यान्वयनमा ल्याए पश्चात् सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु (Financial Action Task Force (FATF), Asian Pacific Group on Money Laundering (APG) etc) ले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने र सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने बैंकले विश्वास लिएको छ।
बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको छ। नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने यस बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधिमार्फत् खाता खोल्न सक्ने व्यवस्था गरेको छ। जसअन्तर्गत हस्ताक्षर गर्नको लागि signature pad, ल्याप्चे capture र फोटो खिच्नको लागि camera जडानसहितको सुविधा उपलब्ध रहेको छ।
यस प्रविधिमार्फत् ग्राहक onboarding गर्दा हाल कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको AML/CFT / KYC व्यवस्थापन कार्यलाई थप टेवा पु¥याउने बैंकले विश्वास लिएको छ। साथै निकट भविष्यमै यस बैंकका सबै शाखाहरुमा सो प्रविधि राखिने योजना बैंकको रहेको छ। नियमनकारी निकायले तोकको व्यबस्था अनुसार सम्पूर्ण ग्राहकहरुले आफ्नो ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्नुपर्ने र ग्राहक महानुभावहरुले बैंकको वेभ साइटमा रहेको E-KYC पोर्टलमार्फत् आफ्नो ग्राहक पहिचान विवरण E-KYC अद्यावधिक गर्न सक्ने व्यवस्था यस बैंकले गरेको छ। साथै, ग्राहक महानुभावहरुलाई यस बैंकको वेभ साइटमा रहेको E-KYC पोर्टलमार्फत् आफ्नो ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्नु यस विज्ञप्तिमार्फत् अनुरोध गरिएको छ।
यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ। २१ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमूख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।
“बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” मुलनारा सहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिव रु ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाइ सकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।