काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग सन् २०१९ मा नेपालमा भएको थियो । नेपालमा साग सन् २०१९ डिसेम्बर १देखि १० सम्म चलेको थियो । अर्थात २०७६ मंसिर १५ शुरु भएर २४गते १३ औं साग सम्पन्न भएको थियो ।
नेपालको काठमाडौंमा १८ वटा खेल, पोखरामा ७ वटा खेल र जनकपुरमा १ वटा खेल गरी सागमा जम्मा २६ खेल सम्पन्न भएको थियो । सागको उद्घाटन डिसेम्बर १ मा दशरथ रंगशालाबाट राष्ट्रपति विद्या देवि भण्डारीले गरेकी थिइन्। सन् २०१९ डिसेम्बर १०मा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलबाट सागको समापन भएको थियो ।
सागको लोगो उडेको परेवा थियो । लोगो भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । मस्कट कृष्णशार २०७६ मंसिर ९गते सार्वजनिक भएको थियो ।मार्चपास प्रत्येक देशको खेलाडिले आफ्नो देशको झण्डा बोकेर खेल्ने गर्दछन्। मार्चपासको उद्घाटन नेपालको तर्फबाट कमल बहादुर भण्डारीले गरेका थिए भने समापनमा गोल्डेन गल गौंरीका सिंहले मार्चपास गरेकी थिइन्।
खेलाडिको तर्फबाट क्रिकेटका पूर्व कप्तान पारस खड्काले सपथ खाएका थिए । दीप प्रज्वलन तेक्वान्दोका खेलाडि दीपक विष्टले गरेका थिए । जम्मा २६ खेल भएकोमा नेपालले सबै खेलमा सहभागिता जनाएको थियो ।
नेपालले सबैभन्दा बढि खेलाडि ५सय ९६जना सहभागी गराएको थियो। नेपालले १३ वटा विधामा स्वर्ण पदक प्राप्त गर्यो । २५ खेलमा कुनै न कुनै पदक प्राप्त गर्यो । एक खेल पदक विहिन बन्यो नेपालको लागि पदकविहिन खेल सुटिङ थियो । नेपालको पहिलो स्वर्ण मण्डेकाजी श्रेष्ठले करातेबाट जितेका थिए । पहिलो रजत पदक चञ्चला दनुवारले करातेबाट जितेकी थिइन्।
सागको पदक कसले कति ?
भारत १सय ७३ स्वर्ण सहित ३ सय ११पदक प्राप्त गरी पहिलो स्थान हासिल गर्न सफल भएको थियो । नेपालले ५१ स्वर्ण सहित २ सय ६ पदक प्राप्तक दोस्रो स्थान प्राप्त गरेको छ ।श्रीलंका ४० स्वर्ण २ सय ५१ वटा पदक प्राप्त गरी तेस्रो स्थानमा पुगेको छ भने पदकको हिसावले यो दोस्रो स्थान हुन आउछ ।
पकिस्तान ३२ स्वर्ण सहित १ सय ३२ पदक चौथो स्थानमा पर्न सफल भएको छ । बंगलादेश १९ स्वर्ण सहित १ सय ३८ पदक माल्दिभ्स १ स्वर्ण सहित ५पदक प्राप्त गरेको छ । भुटानले भने शुन्य स्वर्ण सहित २० पदक प्राप्त गरेको छ।
नेपालले सबैभन्दा बढि स्वर्ण जितेको खेल तेक्बान्दो हो । तेक्बान्दोमा नेपालले १२ वटा स्वर्ण प्राप्त गर्यो । मार्शल आर्टमा नेपालले सबै भन्दा बढि ३२ वटा स्वर्ण जितेको थियो ।
गोल्डेन गल गौंरकिा सिंह ४ स्वर्ण जितेकी छन्। गौंरिकाले पौडींबाट स्वर्ण जितेकी हुन् । पौडीबाटै ४ स्वर्ण जितेको सिंहलाई जलपरी पनि भनिन्छ । श्रीलंकाका म्याथ्यु डकानले सार्क खेलमा सबैभन्दा बढि स्वर्ण जितेका छन् । डकानले पौडीको ७ स्वर्ण प्राप्त गरका थिए ।
नेपालकी अञ्जली चन्दले क्रिकेटमा नयाँ रेकर्ड कायम गरिन । २.१ ओभर बलिङ थियो जिरो रन दिएर ह्याटिकसहित ६ विकेट मालदिभ्स विरुद्धको खेलमा नेपालकी अञ्जली चन्दले हात परिन। विश्व इतिहासमा नै अञ्जली चन्दले रेकर्ड कायम गर्न सफल भएकी छन् ।
नेपालले हालसम्म सागका तीन खेल आयोजना गरिसकेको छ। प्रथम खेल सन् १९८४मा काठमाडौंमा भएको थियो । आठौं साग सन् १९९९ मा काठमाडौंमा सम्पन्न भएको थियो ।अहिले १३ औं. साग सन् २०१९ काठमाडौंमा सम्पन्न भएको छ ।
१४औं साग २०२१ पकिस्तानमा आयोजना हुदैछ । १२औं साग भारतको गुवाहिटि र सिलोङमा भएको थियो त्यसमा नेपालले जम्मा तीन वटा स्वर्ण जितेको थियो। भरतमा भएको सागमा नीमा घर्तिमगरले उसुबाट स्वर्ण जितेकी थिइन् । फुपु लामा खत्रिले जुडोमा स्वर्ण प्राप्त गरेकी थिइन् । फुटवल टिमले पनि स्वर्ण हात पारेको थियो । नेपाल पदक पाउनेमा देशहरुमा छटौं स्थानमा थियो ।