चितवन, ८ माघ । स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरमा रहेको सीजि लेण्डमार्कमा स्वदेशी गुणस्तरिय ब्राण्ड केटिएम सीटि तथा बहुचर्चित विदेशी ब्राण्ड अण्टाको शोरुमको शुभारम्भ गरेको छ। शोरुमको नेपाली चलचित्रकी चर्चित नायिका पूजा शर्माले रिबन काटेर उद्घाटन गरेकी हुन्।
विदेशी ब्राण्डको कपडाका लागि गरिने खर्च भन्दा निकै कम खर्चमा आफ्नो देशमै उत्पादित स्वदेशी ब्राण्ड रोज्न पाउनु गौरवको कुरा भएको नायिका शर्माले बताइन्। आफूलाई जस्तै स्वदेशमै उत्पादित केटिएम सीटि ब्राण्डलाई पनि माया गरिदिन नायिका शर्माले आग्रह गरिन्। कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्लेले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
कार्यक्रम सञ्चालिका तथा गायिका जुनु रिजाले पनि सांगीतिक माहोल जमाउन भरपुर साथ दिएकी थिइन्। हाँस्य कलाकार पल्पसा डंगोल ’चम्सुरी’ ले आफ्नो हाँस्य प्रहसनले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन्। कार्यक्रममा स्क्वाड नेपालका फिलिप डिसिले मध्यम वर्गीयदेखि उच्च ब्राण्डको कन्सेप्ट भएकोले पनि शोरुमबाट लाभ लिन सक्ने बताए। अर्का सञ्चालक सुरज गिरिले धेरै अथक प्रयासपछि राजधानीमा अति नै लोकप्रिय रहेको केटिएम सिटि चितवनका उपभोक्ता माझ ल्याउन पाउँदा आफूले गौरवान्वित महसुस गरेको बताए।
कार्यक्रमका बिशिष्ट अतिथि ईक्यान नेपालका निवर्तमान अध्यक्ष बिष्णुहरि पाण्डे, अतिथि युवा उद्यमी राम कार्की, अतिथि संगितज्ञ श्याम नेपाली लगायतले व्यावसायिक सफलताको शुभेच्छा प्रकट गरेका थिए। मंगलबार दिनभर शोरुममा आमन्त्रितहरुको घुईचो लागेको थियो। ग्राहकले शपिङको क्रममा पहिरनका बस्तुहरुलाई सकारात्मक प्रतिक्रिया ब्यक्त गर्दै अरु आफन्तजनलाइ पनि शोरुममा आउन र सपिङ गर्न सल्लाह दिने बताएका थिए। स्क्वाड नेपाल प्रालि चितवनभरको केटिएम र अण्टा ब्राण्डको बितरक रहेको र छिट्टै नै चनौली, टाँडी, पर्सालगायतका ठाँउमा शोरुमले आफ्नो सेवा बिस्तार गर्ने सञ्चालक उत्तम गुरुङले बताए।