कम उमेरमा किन फुल्छ कपाल ? यसरी बचाउनुस् फुल्न र झर्नबाट

white hairs
लाेकपाटी न्यूज

एजेन्सी। कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। त्यसमा पनि कम उमेरमै कपाल फुल्नु झनै चिन्ताको विषय हो। किन फुल्छ कपाल ? कसरी यसबाट मुक्ति पाउने ? यसबारे केही जानकारी लिनिुहोस् ।

उमेर वृद्धि भएसँगै कपाल कालो बनाउने मेलानिन पिगमेन्ट तत्वमा ह्रास आउँछ। यही कारण कपालमा सेतोपना देखापर्छ।

पोषण तत्वको कमी : प्रोटिन, आइरन, भिटामिन बी १२, जिङ्कजस्ता पोषक तत्वको कमीले कपाल सेतो हुन्छ।

वंशाणुगत गुण :  आमा, बाबा वा हजुरबा आमाको कपाल सानैदेखि फुलेको छ भने त्यसको असर पनि सन्तानमा देखापर्छ ।

आधुनिकताका नाममा बढी रसायनको प्रयोग : कपालमा लगाउने विभिन्न मेहन्दी, कलर, सेम्पो, कन्डिसनर आदिको बढी प्रयोग गर्दा कपाल फुल्छ।

विभिन्न रोग : कम उमेरमा नै थाइराइड, एड्स, डिप्रेसन एनिमियालगायतका समस्या भएका व्यक्तिमा यस्तो समस्या देखापर्छ ।

यस्तो छ कम उमेरमै कपाल फुल्नबाट बचाउने घरेलु उपाय

 नरिवलको तेलमा सुकेको अमलाको टुक्रा मिसाएर उमाल्ने र नुहाउनु भन्दा २ घण्टा अगाडि तेल चिसो भएपछि कपाल र टाउको मालिस गर्ने । हप्तामा दुई पटकसम्म यसो गर्दा कपाल फुल्न छाड्छ।

नुहाउनु अघि प्याज र कागतीको रस मिसाएर कपालमा लगाउँदा कपाल फुल्नबाट बच्नुका साथै टुक्रने र झर्ने समस्याबाट बचाउन सकिन्छ।

बदमको तेल, कागतीको रस र अमलाको रसलाई बराबर राखी कपाल मालिस गर्दा कपालमा चमक आउनुको साथै फुल्नबाट बचाउँछ ।

कालो तिलको दाना महिनादिन जति सेवन गर्ने र तिलको तेलले कपाल मालिस गर्दा कपाललाई सेतो हुन दिँदैन।

लौकाको रसमा जैतुनको तेल वा तिल मिसाएर कपाल र टाउकाको मालिस गर्दा कपाल भर्न तथा फुलबाट बचाउँछ।

लौकाको तेल वा भृंगराज (जडीबुटी)  को तेलले हप्तामा दुई तीन पटक कपाल मालिस गरी ४५ मिनेट राखेर पखाल्नु धेरै राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्