काठमाडौं, ८ माघ। सभामूख निवास लैनचौरमा राख्ने सरकारको तयारी रहेको छ। लैनचौरस्थित पूर्वउपराष्ट्रपति निवासमा सभामूख निवास बनाउन लागिएको हो।
बालुवाटारस्थित सभामूख निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्छन्। पर्यटन मन्त्री योगेश भट्टराई मन्त्रीक्वाटर सरेपछि उक्त भवन खाली छ।
खाली रहेको उक्त घरलाई सभामूख निवास बनाउन लागिएको हो। तीन महिनादेखि रिक्त प्रतिनिधिसभा सभामूख पदमा सत्तारूढ नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ। माघ १२ गते जेष्ठ सदस्य महन्ठ ठाकुरले सदनबाट सापकोटा सभामूखमा चयन भएको घोषणा गर्नेछन्।