राष्ट्रियसभा सदस्यका लागि मूख्यमन्त्री पोखरेलद्वारा मतदान

pic
लाेकपाटी न्यूज

काठमाडौं, ९ माघ। प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि घोराहीमा मतदान सुरु भएको छ।
प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि घोराहीमा मतदान सुरु भएको हो। बिहान १० बजे देखि मतदान शुरु भएको मूख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

३ सय ५ मतदाता रहेको प्रदेशमा सुरुमा प्रदेश नम्बर ५ का मूख्यमन्त्री शंकर पोखरेलले मतदान गरेका थिए। प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्यका लागि ३ जना सदस्य चुन्नका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ। मतदान साझ ४ बजेसम्म जारी रहने छ। राष्ट्रियसभा सदस्य चुन्नका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमूख उपप्रमूखले भोट हालिरहेका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमूख उपप्रमूखलाई छुट्टा छुट्टै दुई मतदान केन्द्र तोकिएको र चार वटा लाइनको व्यवस्था गरिएको छ।

मतदानका लागि ३ वटा मतपत्रको व्यवस्था गरिएको छ। प्रदेश नम्बर ५ मा ३ सदस्यका लागि ४ राजनीतिक दलका ९ जना प्रतिस्पर्धामा रहेका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका ३, नेपाली काँग्रेसका ३, संघीय समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका तर्फबाट १ जना राष्ट्रियसभा सदस्य पदका लागि प्रतिस्पर्धामा रहेका छन्। महिला, अल्पसङ्ख्यक अपाङ्ग र अन्य क्षेत्रबाट गरी प्रदेश नम्बर ५ बाट तीन जना सदस्य निर्वाचित हुने भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्