विद्युतिय बस सरकार आफैले किन्ने, साझालाई दिएको पैसा ब्याजसहित फिर्ता लिँदै

gokul baskota
लाेकपाटी न्यूज

काठमाडौं, ९ माघ। सरकारले विद्युतीय बस किन्नका लागि साझा यातायात सहकारीलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेको भन्दै सरकारले उक्त रकम फिर्ता लिने निर्णय गरेको बताए ।

२०७६ असार २४ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साझालाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ शेयरमार्फत् लगानी गर्ने निर्णय गरेको थियो । उनका अनुसार अब विद्युतिय बस सरकार आफैले किन्ने भएको छ। विद्युतिय बस आपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको बाँस्कोटाले बताए ।