आजदेखि सहिद सप्ताह मनाइँदै

sahid dibash pic
लाेकपाटी न्यूज

काठमाडौं, १० माघ। आजदेखि सहिद सप्ताह सुरु भएको छ। राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा आजदेखि सहिद सप्ताह मनाइँदैछ।

सहिद स्मारक समिति केन्द्रीय कार्यालय, ललितपुरले मालेका महासचिव सिपी मैनालीको संयोजकत्वमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी सप्ताहको सुरु गरेको छ। नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको बोटमा शुक्रराज जोशी ‘शास्त्री’लाई झुण्ड्याएर हत्या गरिएको थियो।

त्यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्द ‘ठकुरी’लाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए। लखन थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार प्रसार गरेको आरोपमा वि.सं. १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो। तर, नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्