विश्व इतिहासमा कहिले के भयो ?

loksewa logo
लाेकपाटी न्यूज

काठमाडौं । बितेको समयमा घटेका घटनाको अध्ययन, व्याख्या, विश्लेषण, मनन, चिन्तन गर्ने शास्त्रलाई इतिहास भनिन्छ । इतिहास हाम्रो ज्ञानको भण्डार हो । प्राचीनकालिन सभ्यताहरुको विकास नदीको किनारबाट भएको पाइन्छ ।

विश्व इतिहासलाई पाँच भागमा विभाजन गरिएको पाइन्छ । प्राग ऐतिहासिक युग, प्राचीन युग, मध्य युग,आधुनिक युग र समकालिन युग गरी नेपाललाई पाँच भागमा विभाजन गरिएको छ । प्राग ऐतिहासिक युगलाई हिम युगको नामले पनि चिनिने गरिन्छ ।

पिरामिडको अर्थ तत्कालिन मिश्रका राजाहरुको चिहान भन्ने हुन्छ । मिश्र सभ्यताको विकास इ.पु. ३४०० वर्ष पुरानो मानिन्छ । मिश्रको सभ्यतालाई विश्वको सबैभन्दा पुरानो सभ्यता मानिन्छ । मिश्र सभ्यतामा डेटोटिक लिपिको विकास भएको थियो ।

३६०० बिसिदेखि ५०० एडि सम्मको अवधिलाई प्राचीन काल मानिन्छ । मिश्रको सभ्यता नाइल नदीको किनाराबाट भएको हो । ग्रीसको प्राचीन सभ्यतालाई यूनानी सभ्यताको नामले पनि चिनिन्छ । सर्वप्रथम नाटक लेख्ने र रङ्गमञ्चन गर्ने कार्यको थालनी यूनानबाट भएको हो ।

रोमन सभ्यता टाइबर नदीको किनाराबाट विकसित भएको थियो । रोमन सभ्यताबाट वर्षमा ३सय ६५ दिन हुन्छन् भन्ने मान्यताको साथ क्यालेण्डर निकाल्ने प्रचलन सुरु भएको थियो । सबैभन्दा पहिला सिमेन्टको प्रयोग रोमको सभ्यतामा भएको पाइन्छ ।भारतीय महाद्वीपमा विकसित भएको वैदिक सभ्यतालाई आर्य सभ्यता भनिन्छ ।

मेसोपोटामियाको सभ्यता टिग्रिस र युफ्रेटस नदी किनाराबाट भएको हो । दायाँबाट बायाँ लेख्ने लिपिको विकास मेसोपोटामिया सभ्यताबाट भएको हो । मेसोपोटामिया सभ्यतामा पत्थरका मुद्राको विकास भएको थियो। मेसोपोटामियाको सभ्यतामा पुरोहित र मन्दिरलाई ज्ञान केन्द्रको रुपमा लिइन्थ्यो ।

सिन्धु घााटीको सभ्यता सिन्ध र राभि नदिको किनारमा भएको थियो । पाकिस्तानको हडप्पा र मोहेन्जोदारो सिन्धु घाँटीको सभ्यता विकसित भएको ठाउँ हो । सिन्धु घाँटी सभ्यतामा सर्वप्रथम तामा पत्ता लगाइएको थियो ।

आधुनिक कालको सुरुवात एडि १५००देखि भएको मानिन्छ । इतिहासका पिता भनेर हेरोडोट्सलाई चिनिन्छ । चिनियाँ सभ्यतामा प्रकृतिको पूजा गरिन्छ । पैगम्बर मोहम्मद इस्लाम धर्मका प्रवर्तक हुन् ।

भरतको अरुणाचल राज्यको पुरानो नाम नर्थ इस्ट फ्रन्टिएर एजेन्सि रहेको थियो । भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको वास्तविक नाम इन्दिरा प्रियदर्शिनी गान्धी थियो । भारतका प्रमथ राष्ट्रपति डा.राजेन्द्र प्रसाद हुन्। भारतमा रेल सन् १८५३ देखि सञ्चालनमा आएको हो।

रोममा आगलागि हुदा बासुरी बजाएर बस्ने रोमनका सम्राट निरो थिए । रोमको प्राचीन भाषा ल्याटिन थियो। कहिल्यै पनि आफ्नो दायाँ हात नधोई कपडाले पुछ्ने बेलायतका राजा चाल्र्स प्रथम थिए ।

बेलायतका रोबर्ट वालपोल विश्वका प्रथम प्रधानमन्त्री हुन् ।अल्ब्रेट बेलायती राजाको नाम दि ग्रेट थियो । फ्रान्सबाट टाईको प्रचलन आएको हो। जापानको अर्थ दीपमाला भन्ने हुन्छ।

हिटरलले ३० अप्रिल १९४५ मा आत्महत्या गरेका थिए । प्रसिद्ध समाजसेवी मदर टेरेसाको जन्म अल्वानिया देशमा भएको थियो । सन् १९१४ बाट प्रथम विश्वयुद्ध सुरु भएको थियो । सन् १९६० मार्च १५ मा अल इण्डिया रेडियाको स्थापना भएको थियो ।

खाडी युद्ध सन् १९९० मार्च १५ बाट सुरु भएको थियो । सन् १९५५अगस्ट २७ मा गिनिज बुक अफ दि वल्र्ड रेकर्डको पहिलो प्रकाशन भएको थियो । पहिलो विश्व युद्ध सन् १९१४ जुलाई २४देखि सन् १९१८ नोभेम्बर ११ सम्म चलेको थियो । विश्वयुद्धमा ३२ राष्ट्रले भाग लिएका थिए। बेलायतको पक्षमा २८ राष्ट्र र जर्मनको पक्षमा ४ राष्ट्र थिए ।

प्रथम विश्वयुद्धको समयमा बेलायत पक्षलाई एलिज पावर र जर्मनी पक्षलाई सेन्ट्रल पावर भनिन्थ्यो । प्रथम विश्वयुद्धताका नेपालका प्रधानमन्त्री चन्द्र शमसेर थिए । दोस्रो विश्वयुद्ध सन् १९३९ सेप्टेम्बर १देखि भएको थियो । दोस्रो विश्वयुद्ध पोल्यण्डमाथि जर्मनी विमानहरुले बम वर्ष गराएपछि भएको थियो ।दोस्रो विश्वयुद्धताका नेपालका प्रधानमन्त्री जुद्ध शमसेर थिए ।

अमेरिकी स्वतन्त्रता संग्राम सन् १७७६ देखि १७८३ सम्म भएको थियो । ड्रिम्स फ्रम माई फादर नामक कृतिका लेखक पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा हुन्। क्रान्तिका पुत्र भनेर नेपोलिएन बोनापार्टलाई चिनिन्छ । सन् १९८९ मा फ्रान्सको राज्य क्रान्ती भएको थियो ।