कोरोना भाइरसबाट एक डाक्टरको मृत्यु

Korona_Virus
लाेकपाटी न्यूज

एजेन्सी। कोरोना भाइरसबाट तीनमा एक डाक्टरको मृत्यु भएको छ। कोरोना भाइरस लागेका संक्रमित विरामीको उपचारमा सक्रिय एक डाक्टरको चीनमा मृत्यु भएको हो।

कोरोना भाइरस लागेपछि हुबेई सिन्ह्वा अस्पतालका डाक्टर लियाङ विङदोङको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। डाक्टर विङदोङ कोरोना भाइरस लागेका विरामीको उपचारमा केही दिनदेखि निकै सक्रिय थिए। कोरोना भाइरस संक्रमणबाट तीनमा दुई सय जनाभन्दा बढी बिरामीको मृत्यु भइसकेको छ।

भाइरस संक्रमणबाट डाक्टरकै मृत्यु भएको यो पहिलो हुनसक्ने चिनियाँ सञ्चारमाध्यमको दाबी छ। नेपालमा पनि एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्