बाजुरामा राष्ट्रिय दलित पत्रकार संघ गठन

bajura pic
लाेकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, १२ माघ। बजुरामा शनिबार राष्ट्रिय दलित पत्रकार संघ गठन गरिएको छ। राष्ट्रिय दलित पत्रकार संघ बाजुरा जिल्लाको प्रथम भेलालले पत्रकार मदन विकको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति रहने गरी संघको जिल्ला कार्यसमिति गठन गरेको हो।

राष्ट्रिय दलित संघको शनिबार बडीमालिका नगरपलिकाको सभाहलमा भएको प्रथम जिल्ला भेलाबाट पत्रकार मदन विक अध्यक्ष, धर्मराज सुनार उपाध्यक्ष, रामबहादुर विक सचिव, सरिता नेपाली कोषाध्यक्ष, प्रमित विक सह-सचिव, त्यस्तै सदस्यहरुमा कलसरी सुनार, कमिला शार्की, कमला विक, बसन्ती नेपाली र सोधा नेपाली रहने गरी १० जनाको नयाँ कार्यसमिति गठन गरिएको निर्वाचन मण्डलका सदस्य एंव नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष निमेन्द्र शाहीले बताए।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्मि प्रदेश सम्मेलनका संयोजक करन ताप्राकारले दलित समुदायका पत्रकारहरु एकजुट भएर सञ्चार क्षेत्रमा अब्बल हुनुकै लागि संघ देश भरिनै गठनको प्रक्रियामा रहेको बताए।

त्रिवेणी नगरपालिकाका उपप्रमूख राधिका सुनारको प्रमूख आतिथ्यतामा सञ्चालन गरिएको उक्त कार्यक्रमको प्रथम जिल्ला भेला आयोजक समितिका संयोजक मदन विकको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमलाई रेडियो पौरखीका समाचार सहायक रामबहादुर विकले सञ्चालन गरेका थिए। कार्यक्रममा जिल्लास्थित सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयका प्रमूख एंव प्रतिनिधि, राजनीतिक दल, जनप्रतिनिधि र पत्रकारहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्