सर्वाेच्च अदालतकाे ठहर : अग्नि सापकोटा निर्दाेष छन्

agni-sapkota
लाेकपाटी न्यूज

काठमाडौं, १२ माघ। प्रतिनिधि सभाको उम्मेदवार रहेका नेता अग्नि प्रसाद सापकोटाविरुद्ध अदालतमा कुनै मुद्दा नरहेको पाइएको छ। नेकपाले निर्विरोध सभामूख बनाउने निर्णय गरेपछि सापकोटालाई युद्धकालिन मुद्दा भएका कारण सभामूख बनाउन नहुने भन्दै विरोध गर्दै आएका थिए। सोही विषयलाई लिएर अदालतले सापकोटाविरुद्ध अदालतमा मुद्दा नरहेको ठहर गरेको छ।

सापकोटाविरुद्धको कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा नभएको र हत्या गरिएको भनिएका अर्जुन लामाको श्रीमतीले जाहेरी दर्खास्त गरिपाउँ भनेर दिएको निवेदन मात्रै रहेको पाइएको अधिवक्ताहरुको भनाइ छ। अग्नी प्रसाद सापकोटामाथि कुनै मुद्दा छैन।

संविधानविद् तथा अधिवक्ता खिमलाल देवकोटाले सापकोटालाई सभामूख बन्नको लागि काँडाले समेत नघोच्ने बताए। सभामूख हुन सांसद हुनुपर्ने संविधानले किटान गरेको छ। हरेक सांसद सभामूख बन्नको लागि योग्य हुन्छन्।” देवकोटाले भने, ‘उहाँ (सापकोटा) सभामुख बनेर मज्जाले संसद हाँक्न सक्नुहुन्छ।’

सापकोटा सभामूखमा निर्विरोध चयन भएका छन्। यसको आधिकारिक घोषणा भने आज बोलाइएको संसद् बैठकबाट हुने संसद् सचिवालयले जानकारी दिएको छ। यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामूख कृष्ण बहादुर महराले गत १४ असोजमा राजीनामा दिएपछि सभामूख पद रिक्त छ।