स्वास्थ्य चौकीको एम्बुलेन्समा गाँजा तस्करी, तीन पक्राउ

gaja taskar
लाेकपाटी न्यूज

काठमाडौं, १२ माघ। स्वास्थ्य चौकीको एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको अवस्थामा चालकसहित ३ जना पक्राउ परेका छन्। प्रहरीले एम्बुलेन्स चालक रौतहटको डमुरिया नगरपालिकाका महम्मद खलिद, रौतहट डुमरियाका अशोक कुमार र भारत मोतिहारीका विनोद सहनीलाई पक्राउ गरेको हो।

रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य चौकीको एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँजा तस्करी गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए।

शनिबार बेलुका मकवानपुर उपमहानगरपालिका १९ नेवारपानीको इलाका प्रहरी कार्यालयले बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा चेकजाँच गर्दा गाँजा फेला परेको हो।

त्यस क्रममा नेपाली र भारतीय गरी ९१ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा गाँजा तस्करीको लागि एम्बुलेन्स प्रयोग भएको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्