काठमाडौं, १२ माघ। प्रतिनिधिसभाको सभामूखको चयन प्रक्रिया सुरू भएको छ। प्रस्तावक नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामूखमा अग्नि सापकोटालाई चयन गर्न प्रस्ताव गरेका छन्।
उनको प्रस्तावमा राजपाका नेता लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गरेका छन्। सभामूखको लागि नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएदेखि सभामुख पद रिक्त छ।