मिस कल्चरका प्रतियोगीले देखाए प्रतिभा

Miss Culture News Photo 1
लाेकपाटी न्यूज

पोखरा, १२ माघ । पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गरेको छैंठौं नेपाल आइस मिस कल्चर नेपालका उत्कृष्ट १५ प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराका पुष्पाञ्जली फेसन एण्ड इभेन्टले प्रतियोगिता आयोजना गरेको हो।

गत शनिबार नेपाल पर्यटन बोर्ड पोखराको सभाहलमा भएको उक्त कार्यक्रममा प्रतियोगीहरूले नृत्य, गायन, हास्य, हस्तकला, चित्रकला, अभिनय, जस्ता प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रमका प्रमूख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमूख काशीराज भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै पुष्पाञ्जलीले लिएको नारालाई सार्थक बनाउनका निम्ति पनि यस्ता कार्यक्रमहरू जरुरी रहेको र हामीले हाम्रो मौलिक संस्कृति संरक्षण र प्रवद्र्धन गर्नमात्र सकेपनि पर्यर्टन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए।

पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै पछिल्लो समय नेपालमा पश्चिमेली संस्कृतिको प्रभाव नराम्रोसँग युवा पुस्तामा परेको र नेपाली संस्कृति विस्तारै विस्तापित गइरहेकाले यस कार्यक्रममार्फत विदेशी संस्कृतिबाट बढी प्रभावित युवा पुस्तालाइनै संस्कृति र रितिरिवाज जोगाउन लागि पर्ने वातावरण सृजनाका निम्ति पनि यस कार्यक्रम अझ प्रभावकारी तवरले अगाडि बढाउन लागिएको बताइन्।

कार्यक्रममा राष्ट्रिय सौदर्यकर्मी यूनियन नेपालकी अध्यक्ष सुमन गुरुङ, वरिष्ठ समाजसेवी विश्वमोहन गौचन, शिक्षासेवी पृती बराल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको निर्णायकहरूमा कोरियो ग्राफर तथा फिल्मि डिरेक्टर जशु गुरुङ, नृत्य निर्देशक दिपा शाक्य श्रेष्ठ, कोरियो ग्राफर विष्णु तामाङ्ग, सौदर्यकर्मी विष्णु खत्र्री र व्यवसायी विमला सिंह ठकुरी रहेका थिए भने कार्यक्रमको फाइनल फागुन ३ गते भाटभटेनी पेपे पिजामा हुने कार्यक्रमका संयोजक दिनेश शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्