काठमाडौं । चीनमा कोरोना भाइरसबाट ८० जनाको मृत्यु भएको छ । अहिलेसम्म ३ हजार जनालाई यसको संक्रमण भएको अधिकारीहरूले पुष्टि गरेका छन्। कोरोनाको उत्पत्तिस्थल वुहानमा २ हजार शय्याका दुईवटा अस्पताल निर्माण भइरहेको बीबीसीले जनाएको छ।
हुबे प्रान्तमा मात्रै ७६ जना रबाहिर ४ जनाको मृत्यु भएको हो। स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालित गरिएको छ।थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेका छन्।
यसैबीच चीन सरकारले नयाँ वर्षको बिदा थप गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले जनवरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरी दोस्रो सातासम्म लम्ब्याइएको हो।