काठमाडौं, १३ माघ। सभामूखमा निर्विरोध निर्वाचित भएका अग्नि सापकोटाविरूद्ध प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ परेका छन्। सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिएका बेला मानवअधिकारवादीहरू शितल निवासअगाडि प्रदर्शन गर्न पुगेका हुन्।
आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटाविरूद्ध मुद्दा लडिरहेकी पूर्णिमाया लामालगायत १२ जना पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमूख उत्तम सुवेदीले जानकारी दिए। उनीहरूलाई निषेधित क्षेत्र तोडेकाले पक्राउ गरिएको उनले बताए।
पक्राउ पर्नेहरूमा लामा, प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना प्रशान्त त्रिपाठी र राजन कुइँकेल छन्।