काठमाडौं। काठमाडौंका विभिन्न ठाउँमा अहिले बत्ती गएको छ। सोमबार बिहान ७ देखि दिउँसो ४ बजेसम्म महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरीत बिजुलीको लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
चक्रपथ विस्तारको लागि रुख काट्ने काम भैरहेकाले बिजुलीको लाइन काटिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका अनुसार अहिले बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोङ्गबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल आसपासको क्षेत्रमा बत्ती गएको छ।