काठमाडौं, १३ माघ । गायिका आस्था राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन्। प्रहरीको नियन्त्रणमा रहेकी राउतले कानूनलाई ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको भन्दै उनले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन। कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मीनलमा प्रहरी जवानमाथि चेकजाँचका क्रममा दुर्व्यवहार गरेको आरोपमा आस्थाविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर भएको थियो।
५ माघमा उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी जारी भएको थियो। भारतमा सांगीतिक कार्यक्रमका लागि गएकी आस्था पक्राउ पुर्जी जारी भएपछि सोमबार (आज) आफैँ प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी थिइन्।