शीतल निवासमा सभामूखको शपथ ग्रहण (तस्वीरहरु)

11
लाेकपाटी न्यूज

काठमाडौं, १३ माघ। नवनिर्वाचित सभामूख अग्निप्रसाद सापकोटालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामूख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए।

त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमूख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो।

2

4

5

6

7

8

9

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्