एजेन्सी। ब्राजिलमा युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न अपिल गरिएको छ। किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढ्नुका साथै एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेकोले युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न अपिल गरिएको हो।
ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेसले ब्राजिलमा आफ्नो नीति बनाउनका लागि उनले ‘आई चुज टू वेट’ नामको एउटा अभियान सुरु गरेकी छिन्। अभियानमा उनले ती चर्चका फादर्सबाट सल्लाह लिएकी छिन् जसका सोसल मिडियामा ठूलो मात्रामा फलोअर्स छन्।
डामारेसले ल्याटिन ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे बहस सुरु गरेकी छिन्। युवालाई संयमता अपनाउन सल्लाह दिँदै डामारेसले भन्छिन्, ‘हाम्रा देशका युवा सामाजिक दबाबमा आएर शारीरिक सम्बन्ध स्थापित गरिरहेका छन्। तपाईं सेक्स बना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ।’
ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान अर्को महिनादेखि सुरु हुनेछ। क्याबिनेट मन्त्री एल्विसका अनुसार संयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको छ। ब्राजिलमा १५ वर्षका थुप्रै किशोरीहरुको बच्चा छन् र यी किशोरी आमाहरुका लागि विभिन्न प्रकारका होम स्कूलिङ कार्यक्रम चलाइँदै छन्। यसमार्फत् उनीहरुले आफ्नो बच्चाको लालनपोषणका साथै पठन पाठन पनि गर्न सक्छन् ।
यस्तै विशेषज्ञले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पु¥याउन सक्ने बताएका छन्। लेफ्ट पार्टी र आलोचकका अनुसार सेक्समा संयमता अपनाउन भन्दै युवालाई सेक्सबारे गलत तरिकाले सिकाइँदैछ जुन उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ।
राष्ट्रपति जेयर बोलसोनारो र उनका सहयोगीले उनका वामपन्थी प्रतिद्वन्द्वीले कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नका लागि किशोरलाई प्रोत्साहित गरेको आरोप लगाएका छन्। ब्राजिलको किशोर गर्भावस्था दर संसारभरी सबैभन्दा धेरै छ। जहाँ अन्तर्रा्ष्ट्रिय स्तरमा किशोर गर्भावस्था दर ४४ प्रतिशत छ भने ब्राजिलमा यो दर लगभग ६२ प्रतिशत छ । ब्राजिलमा यौन संक्रमण पनि तीब्र रुपमा बढिरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१८ मा यौन सम्बन्धि रोगमध्ये ४३ हजार ९ सय ४१ नयाँ घटना सार्वजनिक भएका छन् जुन सन् २०१४ को तुलनामा ४१ प्रतिशत बढी हो।